fbpx
corona information

गृहपृष्ठ नेप्से १२ अंकले बढ्यो, २ अर्ब २० करोडको कारोबार, चार कम्पनीको मूल्यमा उछाल

नेप्से १२ अंकले बढ्यो, २ अर्ब २० करोडको कारोबार, चार कम्पनीको मूल्यमा उछाल

सेयर बजार परिसूचक नेप्से १२ अंकले बढ्दा पाँच कम्पनीको मूल्यमा उछाल आएको छ । राष्ट्रिय बिमा कम्पनीको संस्थापक तथा सर्वसाधारण सेयर, रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र एनआरएन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

व्यापार, होटल र म्युचुअल फन्ड समूहको सेयर मूल्य नकारात्मक बने पनि बाँकी सबै समूह बढेपछि बिहीबार नेप्से १२.४९ अंकले बढेर १५२०.६९ अंकमा उक्लिएको छ । कुल १८९ कम्पनीको ४३ लाख २९ हजार ६६५ कित्ता सेयर २ अर्ब २० करोड ९६ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।

कारोबार रकम बुधबारको भन्दा करिब २६ करोड कम हो । बुधबार २ अर्ब ५६ करोड ७३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । बिहीबार पनि नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक १७ करोड ४२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित समय २०:०७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु