fbpx
corona information

गृहपृष्ठ मर्चेन्ट बैंकरको रवैया, आईपीओको रिजल्ट आफू राख्दैनन्, निजी कम्पनीलाई बाँड्छन्

मर्चेन्ट बैंकरको रवैया, आईपीओको रिजल्ट आफू राख्दैनन्, निजी कम्पनीलाई बाँड्छन्

सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएका केही मर्चेन्ट बैंकरहरूले आईपीओको नतिजा आफ्नै वेबसाइटमा नराख्ने तर निजी कम्पनीहरूलाई बाँड्ने गरेका छन् । लगानीकर्ताको अतिगोप्य राख्नुपर्ने डिम्याटर अकाउन्ट अरुलाई बाँड्न उद्यत मर्चेन्ट बैंकरले आफ्नै वेबसाइटमा भने नतिजा नराख्ने गरेका हुन् ।

सानिमा क्यापिटलले यस विषयमा गैरजिम्मेवार काम गरिरहेको छ । सानिमा क्यापिटलका बैंकिङ प्रमुख मन्दीप लुइँटेलले लगानीकर्ताका डिम्याट अकाउन्ट निजी कम्पनीलाई दिँदा दुरुपयोग नहुने तर्क गर्दै बाँड्ने गरेका छन् । उनले लगानीकर्ताले आफूले आवेदन दिएको कम्पनीको सेयर पर्‍यो कि परेन भनेर जान्ने अधिकार रहेकाले सञ्चारमाध्यमलाई दिइएको जिकिर गरे ।

तर, तपाईंहरूको आफ्नै वेबसाइटमा किन राख्नुभएन ? भन्ने प्रश्नमा लुइँटेलले भने, ‘हामीले राख्ने गरका छैनौँ र हामीलाई जरुरी लाग्दैन ।’ लगानीकर्ताले सूचना पाउने पहिलो सुरक्षित स्रोत स्वयं मर्चेन्ट बैंकरको वेबसाइट हो तर निजी कम्पनीलाई बाँड्न सहज ठानेको सानिमा क्यापिटलले भने लगानीकर्ताको गोप्य सूचना दुरुपयोग गर्नुलाई सामान्य रुपमा लिएका छ ।

साउन २७ गते एनआरएन डेभलपमेन्ट एन्ड इन्फ्रास्टक्टरको प्राथमिक सेयर बाँडफाँड भएको दिन र भोलिपल्ट पनि सानिमा क्यापिटलको वेबसाइटमा आईपीओ रिजल्ट क्याटेगोरी खुलेको थिएन । त्यसबेला लुइँटेल ‘वेबसाइटमा आज समस्या छ’ भन्दै पन्छिएका थिए । आज रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडका दिन पनि सानिमा क्यापिटलको आईपीओ रिजल्ट क्याटेगोरी खुलेको छैन ।

प्रकाशित समय १७:१७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु