गृहपृष्ठ सेयर बजार ७ अंकले बढ्यो

सेयर बजार ७ अंकले बढ्यो

सेयर बजार परिसूचक नेप्से सोमबार ७ अंकले बढेको छ । जलविद्युत, वित्त र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ७.५९ अंकले उकालो लागेको हो ।

सोमबार १९० कम्पनीको ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर एक अर्ब २९ करोड रुपैयाँबराबरमा कारोबार भएको छ । बढेको बजारमा अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले उकालो लाग्यो । आइतबार पनि अजोडको मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

त्यस्तै आरम्भ चौतारी लघुवित्त कम्पनी र नेपाल फाइनान्सको मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सोमबार सर्वाधिक प्रभु बैंकको संस्थापक सेयर ३४ करोड ५० लाख तथा नेपाल रिइन्स्योरेन्स कम्पनीको १० करोड ४ लाख रुपैयाँबराबरको किनबेच भयो ।

प्रकाशित समय १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु