fbpx
corona information

गृहपृष्ठ अन्तिम दिन बढेर बन्द भयो नेप्से, ९ कम्पनीको मूल्यमा सर्किट

अन्तिम दिन बढेर बन्द भयो नेप्से, ९ कम्पनीको मूल्यमा सर्किट

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बढेको छ । चार दिनदेखि लगातार घटेको नेप्से बिहीबार ७.५३ अंकले बढेर १४३९.०६ अंकमा उक्लिएको हो ।

नेप्सेमा सूचीकृत सबै समूह सामान्य बढेपछि समग्र बजार परिसूचक उकालो लागेको छ । बैंक, व्यापार, होटल, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बिमा, उत्पादनमूलक, अन्य, लघुवित्त, जीवन बिमा र म्युचुअल फन्ड सबै समूहमा हरियाली छाएको छ ।

कुल १८९ कम्पनीको ३४ लाख ३० हजार ५३२ कित्ता सेयर १ अर्ब ३२ करोड रूपैयाँमा किनबेच भयो । बजार बढ्दा ९ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावर कम्पनी छन् । खानीखोला हाइड्रोपावर, आरम्भ चौतारी लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर, नेसनल हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी, रैराङ हाइड्रोपावर, आँखुखोला जलविद्युत, युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्यमा सर्किट लागेको हो ।

प्रकाशित समय १५:२१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु