fbpx
corona information

गृहपृष्ठ सेयर बजार ९९ दिनपछि खुल्दै

सेयर बजार ९९ दिनपछि खुल्दै

फाइल तस्बिर

नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण जनस्तरमा फैलिनसक्ने त्रासमा सरकारले गरेको लकडाउनको बहानामा बन्द गरिएको सेयर बजार सोमबार ९९ दिनपछि खुल्ने भएको छ । सरकारले लकडाउन खुला गरी जनजीवन सहज बनाएको १४ दिनपछि बल्ल धितोपत्र बोर्डले बजार खोल्न नेप्सेलाई निर्देशन दिएको हो ।

चैत ९ गतेपछि बन्द भएको बजार वैशाख ३० र ३१ गते खुला गरिए पनि जेठ १ गते हठात् बन्द गरिएको थियो । धितोपत्र ऐन २०६३ अनुसार विशेष अधिकारको रुपमा बढीमा पाँच दिनसम्म बजार बन्द गर्न आदेश दिनेसक्ने व्यवस्था छ । लामो समयपछि बजार खोल्न बहाना खोजेको धितोपत्र बोर्डले समिति गठन गरेर त्यसकै प्रतिवेदनलाई आधार बनाउँदै बजार खोल्ने निर्देशन दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले असार १५ गतेदेखि बजार खोल्न धितोपत्र बोर्डबाट आजै अपराह्न निर्देशन आएको बताए । ‘आजै बेलुका बस्ने नेप्सेको बोर्ड बैठकले बोर्डको निर्देशनअनुसार सोमबारदेखि बजार खोल्ने निर्णय गर्नेछ,’ उनले भने ।

अनलाइन कारोबार सुरु भइसक्दा पनि लामो समय बजार बन्द गरेपछि बोर्डका अध्यक्ष ढुंगानाको विश्लेषक एवं लगानीकर्ताले आलोचना गर्दै आएका छन् । यसअघि शुक्रबार पाँचवटै लगानीकर्ता संघहरु बजार खोल्न सहमत भएका थिए ।

प्रकाशित समय १७:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु