fbpx
corona information

गृहपृष्ठ एनआईसी एशिया लघुवित्तको आईपीओमा दोस्रो दिनमै अढाइ गुणा आवेदन

एनआईसी एशिया लघुवित्तको आईपीओमा दोस्रो दिनमै अढाइ गुणा आवेदन

एनआईसी एशिया लघुवित्तको आईपीओमा दोस्रो दिनमै अढाइ गुणा आवेदन परेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबारसाँझ ५ बजेसम्ममा एक करोड १२ लाख कित्ता सेयरका लागि आवेदन परेको हो, जुन मागभन्दा २.५२ गुणा बढी हो ।

यो अवधिमा करिब एक लाख ९९ हजार लगानीकर्ताले सेयर आवेदन दिएका छन् । संस्थाले जारी गरेको ४४ लाख ४३ हजार २०० कित्ता साधारण सेयरमा बुधबारदेखि आवेदन माग गरिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म असार १४ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय २०:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु