fbpx
corona information

गृहपृष्ठ धितोपत्रको दोस्रो बजारलाई पूर्ण अनलाइन प्रणालीमा लगिने

धितोपत्रको दोस्रो बजारलाई पूर्ण अनलाइन प्रणालीमा लगिने

फाइल तस्बिर

सरकारले दोस्रो धितोपत्र बजारलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने भएको छ । करिब २ वर्षअघि उद्घाटन गरेर पनि अनलाइन प्रणालीमा जान नसकेको बजार कोरोनाभाइरस फैलिन नदिन गरिएको लकडाउनका कारण कारोबार बन्द गर्नुपरेपछि सरकारले पूर्ण अनलाइन प्रणालीको मन्त्रोच्चारण गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै लकडाउनका लागि बन्द रहेको धितोपत्र बजारलाई यथासक्य चाँडो खुला गरी पूर्ण अनलाइन प्रणालीमा लैजाने बताएका हुन् । करिब २ वर्षअघि उनैले पाँचतारे होटलमा भव्यरूपमा उद्घाटन गरेको अनलाइन प्रणाली अझै स्वचालित रूपमा सञ्चालनमा आउन सकेको छैन ।

बजार पूर्ण अनलाइन प्रणालीमा सञ्चालन हुन नसकेका कारण बीचमा खोलिएको बजार दुई दिनमै बन्द गर्नुपरेको थियो । चैत ९ गतेदेखि बन्द भएको बजार वैशाख ३० र ३१ गते खोलेर बन्द गरिएको छ । त्यसयता धितोपत्र बोर्ड र नेप्सेले लगानीकर्तालाई बजारका विषयमा कुनै जानकारी दिएका छैनन् ।

लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजारको पहिलो दिन एक घण्टा २६ मिनेटमा र दोस्रो दिन ३९ मिनेटमा नेगेटिभ सर्किट लागेको थियो । धितोपत्र बजार २ प्रतिशत वृद्धि वा ह्रास भएमा सर्किट लगाउने व्यवस्थासहित नियमित सञ्चालनमा ल्याइएकोमा सोही व्यवस्थाअनुसार दुवै दिनको कारोबार स्थगन गरिएको थियो । दुवै दिनमा कुनै पनि लगानीकर्ताले एक रुपैयाँ पनि कमाउन सकेका थिएनन् ।

प्रकाशित समय १७:२६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु