fbpx
corona information

गृहपृष्ठ नेप्सेमा लगातार दोस्रो दिन ‘नो गेनर्स’, जम्मा ३६ लाखको कारोबार

नेप्सेमा लगातार दोस्रो दिन ‘नो गेनर्स’, जम्मा ३६ लाखको कारोबार

लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजारमा लगानीकर्तालाई दोस्रो दिन पनि झड्का लागेको छ । पहिलो दिन एक घण्टा २६ मिनेटमै नेगेटिभ सर्किट लागेको बजारमा आज बुधबार पनि ३९ मिनेटमै सर्किट लागेको हो । धितोपत्र बजार २ प्रतिशत वृद्धि वा ह्रास भएमा सर्किट लगाउने व्यवस्थासहित नियमित सञ्चालनमा ल्याइएकोमा सोही व्यवस्थाअनुसार कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

चैत ९ गते आइतबारको कारोबारसँगै बन्द भएको सेयर बजार मंगलबार खुले थियो । दुवै दिन कारोबार खुलेदेखि नै लगानीकर्ताले गुमाउने क्रम नकारात्मक सर्किट लागुन्जेलसम्म कायम रह्यो । कुनै पनि लगानीकर्ताले कमाउने सानो अवसर पनि पाएनन् ।

बुधबार पनि नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेका छन् कुनै पनि कम्पनीको मूल्य बढेको छैन । सबै समूह नकारात्मक बनेपछि नेप्से परिसूचक २४.५८ अंकले घटेर १२०१.५७ अंकमा झरेको छ । बुधबार ७४ कम्पनीको १० हजार ५२६ कित्ता सेयर ३६ लाख १३ हजार ५२३ रूपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा अत्यन्तै न्यून हो ।

मंगलबार सेयर बजार २५.३ अंकले घटेर १२२६.१५ अंकमा झरेको थियो । त्यस्तै ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता सेयर १० करोड ४३ लाख रूपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित समय १२:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु