fbpx
corona information

गृहपृष्ठ नेप्सेमा सामान्य सुधार, ६ उपसमूहको सेयर उकालो

नेप्सेमा सामान्य सुधार, ६ उपसमूहको सेयर उकालो

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ अंकले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ । कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता सेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको सेयर उकालो लागेको छ भने छ उपसमूहको सेयर ओरालो लागेको छ । व्यापार ८.२९, विकास बैंक ५.५२, जलविद्युत् ४.८१, उत्पादन ९४.७१, अन्य ४.५६ र लघुवित्त १०४.३९ ले वृद्धि भएको छ । यस्तै बैंकिङ ३.७५, होटल ०.२७, वित्त ३.२७, निर्जीवन बिमा ५२.७८, जीवन बिमा १९.४२ र सामूहिक लगानी कोष ०.०३ ले बढेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ७१ लाख ६२ हजार ९१३ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो । यस्तै हिमालयन डिस्टिलरी रु १२ करोड ८९ लाख ५५ हजार, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु छ करोड ६१ लाख ४२ हजार ३६८, एनआइसी एशिया बैंक रु पाँच करोड ९९ लाख ६६ हजार ३७८ को कारोबार गर्दै शीर्ष स्थानमा रहे ।

शीर्ष स्थानमा रहने अन्यमा साना किसान विकास बैंक रु पाँच करोड ९९ लाख एक हजार ७८४, शिखर इन्स्योरेन्स कम्पनी रु पाँच करोड दुई लाख ९१ हजार ८२० र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ७९ लाख ४० हजार १०३ रहेका छन् ।

नेप्सेका अनुसार आशा लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले कमाउँदा बोटलर्स नेपाल तराई ९.९९, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.९०, सिझी लघुवित्त वित्तीय संस्था ९.६४, हिमालयन डिस्टिलरी ८.४७ र साना किसान विकास बैंकका सेयरधनीले ७.६२ प्रतिशतले कमाएका छन् । यसैगरी मल्टीपर्पोज फाइनान्स ९.५५, प्रोगे्रसिभ फाइनान्स ३.५७, माउण्टेन हाइड्रो ३.०९, राष्ट्रिय बिमा कम्पनी २.९८, सिद्धार्थ इक्विटी फण्ड २.९८ र एनआइबिएल समृद्धि फण्ड एक का लगानीकर्ताले २.४३ प्रतिशतले गुमाए ।

प्रकाशित समय १९:०१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु