fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सेयर बजार १० अंकले बढ्यो

सेयर बजार १० अंकले बढ्यो

nepal-stock-monday-newskarobar

सेयर बजार परिसूचक नेप्से सोमबार १० अंकले बढेको छ । नेप्सेमा सूचीकृत अन्यबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १०.४२ अंकले बढेर ११३५.५६ अंकमा उक्लिएको हो । आइतबार बजार घटेको थियो ।

सोमबार १५७ कम्पनीको ६ लाख ३३ हजार ९५१ कित्ता सेयर १६ करोड ८८ लाख रुपैयाँमा किनबेच भएको छ । केही दिनयता कारोबार रकम सुस्ताएको छ । तरलता अभावका कारण ब्याजदर झन् उच्च बन्दै जाँदा सेयर बजारमा उत्साह आउन सकेको छैन ।

प्रकाशित समय १८:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु