fbpx
Nepal Mediciti

गृहपृष्ठ आरएसडीसी लघुवित्तले सेयरधनीलाई १६ प्रतिशत लाभांश बाँड्ने

आरएसडीसी लघुवित्तले सेयरधनीलाई १६ प्रतिशत लाभांश बाँड्ने

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । सो लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी छैठौँ वार्षिक साधारण सभाको बैठकबाट पारित गरी वितरण हुने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत दामोदर जोशीले जानकारी दिए ।

प्रकाशित समय ०८:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु