fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नेप्से दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ ले घटेर एक हजार १७८.४६ मा झरेको छ । सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोबार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोबार भयो ।

प्रकाशित समय १७:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु