fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नेप्से ३ अंकले घट्यो, २९ करोडको कारोबार

नेप्से ३ अंकले घट्यो, २९ करोडको कारोबार

Stock newskarobar

दुई दिनसम्म उत्साहप्रद रुपमा बढेको सेयरबजार साताको अन्तिम दिन ओरालो लागेको छ । मंगलबार र बुधबार करिब २४ अंकले बढेको बजार बिहीबार ३.७ अंकले घटेर ११९१.०७ मा झरेको हो ।

बिहीबार निर्जीवन बिमा र म्युचुअल फन्डबाहेकका सबै समूहको सूचक घटेको छ । अन्तिम दिन कारोबार रकम पनि ह्वात्तै घटेको छ । बिहीबार १६७ कम्पनीको ९ लाख ५७ हजार ८८१ कित्ता सेयर २९ करोड १७ लाख ७ हजार ३५७ रुपैयाँमा किनबेच भएको हो । यो बुधबारको तुलनामा २३ करोड ८६ लाखले कम हो ।

बिहीबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ भने अरुण काबेली पावरको सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । बजार घट्दा मार्जिन कारोबारप्रति पनि लगानीकर्ता आश्वस्त हुन नसकेको अनुमान गरिएको छ । धितोपत्र बोर्डले बुधबार मार्जिन नियमावली स्वीकृत गरेको थियो ।

प्रकाशित समय २१:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु