fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सेयर बजारमा उछाल, २० अंकको वृद्धि, ५१ करोडकाे कारोबार

सेयर बजारमा उछाल, २० अंकको वृद्धि, ५१ करोडकाे कारोबार

stock tuesday_newskarobar

सेयरबजार परिसूचक नेप्से मंगलबार २० अंकले बढेको छ । अन्य र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २०.५७ अंकले बढेर ११९०.९ अंकमा पुगेको हो ।

दुई दिन लगातार करिब २६ अंकले घटेको बजार मंगलबार एक्कासि २० अंकले बढ्दा लगानीकर्ता उत्साहित भएका छन् । मंगलबार १७१ कम्पनीको २१ लाख ८४ हजार २७१ कित्ता सेयर ५१ करोड ५५ लाख रुपैयाँमा खरिदबिक्री भयो । नेप्सेसँगै कारोबार रकम पनि उकालो लागेको छ । आइतबार २९ करोड तथा सोमबार ४० करोडको सेयर किनबेच भएको थियो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.९३ अंकले बढेर २६०.२३ अंकमा आइपुगेको छ ।

कारोबार सुुरु हुँदा सामान्य अंकले उकालो लगेको नेप्से १२ बजेर ४ मिनेट जाँदा ओरालो लागेको थियो । आधा घण्टापछि पुनः उकालो लागेको सेयर उतारचढावका बचि अन्तिम समयमा भने बढेको हो ।

उकालो लागेको बजारमा युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ भने सूर्यलाइफ इन्स्योरेन्सको ८ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । कारोबारमा आएका १३७ कम्पनीको सेयर बढेको छ भने ११ कम्पनीको घटेको छ । २३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सिडिएसले पुँजीगत लाभकर गणना प्रणालीलाई डिजिटलाइजेसन गरेसँगै यसको प्रत्यक्ष प्रभाव नेप्सेमा परेको हो ।

प्रकाशित समय २२:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु