fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयर बजार परिसूचक दोहोरो अंकले घट्यो

सेयर बजार परिसूचक दोहोरो अंकले घट्यो

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज ११.६३ बिन्दुले गिरावट आएको हो । आज नेप्से परिसूचक ११८४.७८ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ मा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर २९ करोड ७३ लाख ९८ हजार रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका कूल ११ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर उकालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रकाशित समय १७:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु