fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ ब्रोकर लाइसेन्सका लागि ७ बैंकको आवेदन

ब्रोकर लाइसेन्सका लागि ७ बैंकको आवेदन

bank_stock_-broker-newskarobar

ब्रोकर लाइसेन्सका लागि ७ वाणिज्य बैंकका सहायक कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आवेदन दिएका छन् । नेप्सेले ‘वाणिज्य बैंकका लागि सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्यविधि २०७६’ लागू भएको जानकारी साउन १७ गते आवेदन माग गरेकोमा आइतबारसम्म ७ कम्पनीले आवेदन दिएका हुन् ।

आइतबारसम्ममा माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक र एनआईसी एसिया बैंकका सहायक कम्पनीले मात्र आवेदन दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । ‘आवेदन दिने कम्पनीको ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढ्छ,’ उनले भने । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका कम्पनीको नेप्सेले बोर्डमा सिफारिस गर्नेछ ।

नेप्सेले १५ दिनको समय तोकेर आवेदन माग गरे पनि बैंकहरूले ब्रोकर लाइसेन्सका लागि निवेदन दिइरहन सक्ने नेप्सेले जनाएको छ । नेप्सेले २०७६ साउन १६ गतेबाट लागू हुने गरी कार्यविधि जारी गरेको थियो । वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स लिन वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्ने, चुक्ता पुँजी न्यूनतम दुई करोड हुनुपर्ने, राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको हुनुपर्ने र कर चुक्ता प्रमाणपत्र लिएको मापदण्ड तोकिएको छ ।

हालसम्म १९ वाणिज्य बैंकले सहायक कम्पनी स्थापना गरी ब्रोकर लाइसेन्स लिने प्रक्रिया अघि बढाएका छन् । तीमध्ये १० कम्पनीले नेपाल राष्ट्र बैंकबाट पनि अनुमति पाइसकेका छन् । तर, कम्पनी दर्ता नभइसकेका कारण ब्रोकर लाइसेन्सका लागि बैंकहरूले आवेदन दिन नभ्याएको बुझिएको छ ।

प्रकाशित समय १२:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु