गृहपृष्ठ नेप्से २.७८ अंकले घट्यो, कारोबार रकममा उच्च वृद्धि

नेप्से २.७८ अंकले घट्यो, कारोबार रकममा उच्च वृद्धि

stock tuesdaynewkarobar

साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से २.७८ अंकले घटेर १२३१.०७ मा पुग्दा ५८ कम्पनीले कमाएका छन् । युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता सेयर ४८ करोड १६ लाख २९ हजार ७६० रुपैयाँमा खरिद-बिक्री भएको छ । सेयर सूचक घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ३१ करोडमा सीमित रहेको कारोबार मंगलबार १७ करोडले बढेको हो ।

मंगलबार म्युचुअल फन्डबाहेक सबै समूहका सूचक राताम्मे बनेका छन् । साताको पहिलो दिन नै ओरालो लागेको सेयर बजार दोस्रो दिन झिनो अंकले बढेको थियो । सोमबार नेप्से ०.१३ अंकले बढेको थियो ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु