fbpx
Nepal Mediciti

गृहपृष्ठ नेप्से ०.१३ अंकले बढ्दा ७१ कम्पनीले कमाए

नेप्से ०.१३ अंकले बढ्दा ७१ कम्पनीले कमाए

stock monday-newkarobar

सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ०.१३ अंकले बढेर १२३३.८५ अंकमा पुग्दा ७१ कम्पनीले कमाएका छन् । नदिप लघुवित्त वित्तीय संस्था र वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य ९ अंकले बढेको छ ।

कारोबारमा आएका १७१ कम्पनीको १८ लाख १५ हजार ९१४ कित्ता सेयर ३१ करोड २७ लाख ६६ हजार ७४३ रुपैयाँमा खरिद–बिक्री भएको छ । सोमबार नेप्सेसँगै कारोबार रकम पनि झिनो अंकले बढेको छ । आइतबार ४.८४ अंकले घटेको बजारमा ३१ करोडबराबरको कारोबार भएकोमा सोमबार १० लाखमात्रैले कारोबार रकम बढेको हो ।

सोमबार उपसूचक पनि मिश्रित देखिएका छन् । होटल, विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, जीवन बिमा तथा म्युचुल फन्ड समूहको सूचक बढेका छन् भने बाँकी समूहको सूचक घटेको छ ।

प्रकाशित समय ०६:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु