fbpx
Nepal Mediciti

गृहपृष्ठ नेप्से ९ अंकले घट्यो, कारोबार रकममा वृद्धि

नेप्से ९ अंकले घट्यो, कारोबार रकममा वृद्धि

Stock thursday-newskarobar

साताको अन्तिम दिन बिहीबार सेयरबजार परिसूचक नेप्से ९.९२ अंकले घटे पनि कारोबार रकम भने ९ करोडले बढेको छ । बुधबार २ अंकले नेप्से बढ्दा ३६ करोडको कारोबार भएको बजारमा बिहीबार ४५ करोडको कारोबार भएको हो ।

बिहीबार नेप्से परिसूचक १२३८.५६ अंकमा झर्दा कारोबारमा आएका १६६ कम्पनीको १८ लाख ७७ हजार ५४२ कित्ता सेयर ४५ करोड ४६ लाख २९ करोड ५७५ रुपैयाँमा खरिद–बिक्री भएको छ । कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

नेप्से सूचक घटे पनि सपोर्ट माइक्रोफाइनान्स कम्पनीको सेयर ५ प्रतिशत बढेको छ भने कारोबारमा आएदेखि लगातार घट्दै गएको रसुवागढी जलविद्युतको सेयर आज पनि ९ प्रतिशतले घटेको छ । रसुवागढीको सेयर बुधबार पनि ९ प्रतिशतले नै घटेको थियो ।

प्रकाशित समय १८:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु