गृहपृष्ठ सेयर बजार २४ अंकले बढ्यो, १ अर्ब ८९ करोडको कारोबार

सेयर बजार २४ अंकले बढ्यो, १ अर्ब ८९ करोडको कारोबार

share-bazar-newskarobar

सेयर बजार परिसूचक नेप्से साताभरमा २४ अंकले बढेको छ । साताको पहिलो चार दिन बजार लगातार उकालो लाग्यो भने अन्तिम दिन बिहीबार सामान्य घट्यो ।

आइतबार ०.९५, सोमबार ५.०८, मंगलबार ४.४५ र बुधबार १५.८५ अंकले बढेको बजार बिहीबार २.३७ अंकले घटेको हो । चार दिनमा २६.३३ अंकले बढेको बजार बुधबार घट्दा साताभरको वृद्धि २३.९६ अंकको भएको छ ।

साताभरमा १ अर्ब ८९ करोडको कारोबार भएको छ । आइतबार २८ करोड, सोमबार ४३ करोड, मंगलबार ३४ करोड, बुधबार ४२ करोड र बिहीबार ४१ करोडको सेयर किनबेच भयो ।

बजारमा तरलता सहज हुँदै जाँदा ब्याजदर घट्ने अपेक्षाका बीच लगानीकर्ताले सेयर खरिद चाप बढाएका छन् । बिहीबार भने अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न थाल्दा बजार सामान्य घटेको छ ।

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु