fbpx
Rashifal Ad

गृहपृष्ठ सेयर बजार बढ्यो

सेयर बजार बढ्यो

nepal-stock-tuesday24-newskarobar

सेयर बजार परिसूचक साताको तेस्रो दिन मंगलबार उकालो लागेको छ । अघिल्ला दुई दिनमा करिब १३ अंक घटेको बजार आज २.९२ अंकले बढेको हो ।

होटल, निर्जीवन बिमा, लघुवित्त र म्युचुअल फन्ड समूह घटे पनि बाँकी सबै समूह बढेपछि बजार सकारात्मक बनेको हो । बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार १६५ कम्पनीको १६ लाख ७ हजार ६७२ कित्ता सेयर ४६ करोड ८२ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो रकम सोमबारको तुलनामा करिब १३ करोड कम हो । सोमबार ५९ करोडबराबरको सेयर किनबेच भएको थियो ।

नेप्सेमा मंगलबार सबैभन्दा उच्च कारोबार हुनेमा बाणिज्य बैंक धेरै छन् । बिग मर्जरको तयारी भएसँगै वाणिज्य बैंकको कारोबार बढेको छ । १० मध्ये ८ वटा बाणिज्य बैंकको उच्च कारोबार भएको हो । सबैभन्दा धेरै ६ करोडबराबरको नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, लक्ष्मी बैंकको ४ करोड र नेपाल बैंकको अढाइ करोडको सेयर खरिद–बिक्री भयो ।

सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने मल्टीपर्पज फाइनान्सको पनि ८ प्रतिशतले बढेको छ । राधी विद्युत कम्पनीका लगानीकर्ताको सम्पत्ति पनि ७.१४ प्रतिशतले बढ्यो ।

प्रकाशित समय १६:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु