fbpx
Nepal Mediciti

गृहपृष्ठ नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

nepal-stock-monday23-newskarobar

सेयर बजार परिसूचक नेप्से सोमबार पनि ओरालो लागेको छ । जलविद्युत र म्युचल फन्डबाहेका सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक ८.७ अंकले नकारात्मक बनेको हो ।

सोमबार नेप्से १२४७.३५ अंंकमा झरेको छ । आज १७१ कम्पनीको २ लाख ९१ हजार १५३ कित्ता सेयर ५९ करोड १० लाख ५३ हजार ८१२ रुपैयाँमा किनबेच भएको छ । सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार ५४ करोडको कारोबार भएकोमा सोमबार ५ करोडले वृद्धि भएको हो ।

नेप्सेमा सूचीकृत भएको पहिलो दिनमै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर कारोबारमा आएको २ घण्टा ४५ मिनेटमै सर्किट लागेको थियो । सोमबार कारोबारमा आएका ४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १०८ कम्पनीले गुमाएका छन् ।

प्रकाशित समय १६:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु