fbpx
Rashifal Ad

गृहपृष्ठ सेयर बजारमा गैरकानुनी कारोबार गरे ४० लाखसम्म जरिवानाको प्रस्ताव

सेयर बजारमा गैरकानुनी कारोबार गरे ४० लाखसम्म जरिवानाको प्रस्ताव

dhitopatra-board-newskarobar

नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा गैरकानुनी कारोबार गर्नेलाई ४० लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ । बोर्डले धितोपत्र ऐन २०६३ संशोधनका लागि तयार पारेको विधयेकमा सेयर बजारमा नियमविपरीत कारोबार गर्नेमाथि एक लाखदेखि ४० लाख रुपैयाँसम्म जरिवानको प्रस्ताव गरेको हो ।

विधयेकमा धितोपत्रको भित्री कारोबार (इनसाइडर ट्रेडिङ) र धितोपत्रसम्बन्धी कसुर गर्नेमाथि यस्तो कारबाही गर्ने प्रस्ताव गरिएको छ । कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीका आधारमा सेयर कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा त्यस्तो कारोबारलाई भित्री कारोबार मानिने विधेयकमा उल्लेख छ । विधेयकमा भनिएको छ– आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ ।

अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाएर सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेर झुटो कारोबार गर्नेलाई एक लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

विधेयकमा अरू कसैले सेयर खरिद नगरोस् भन्ने उद्देश्य राखेर दोस्रो बजारमा सेयरको मूल्य घटाउने, बढाउने वा स्थिर राख्ने कार्य गर्नेलाई दुई लाख रुपैयाँदेखि ४० लाख रुपैयाँ वा दुई वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकमा बोर्डलाई आयोगमा परिणत गर्ने प्रस्ताव गरिएको छ । संशोधनपछि बन्ने ऐनले ‘वैकल्पिक लगानी कोष’ र ‘केन्द्रीय निक्षेप सेवा’लाई समेत सम्बोधन गरेको छ ।

प्रकाशित समय ०८:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु