गृहपृष्ठ नेप्से ८ अंकले घट्दा ३ वटा कम्पनीको मूल्य ९ प्रतिशत बढ्यो

नेप्से ८ अंकले घट्दा ३ वटा कम्पनीको मूल्य ९ प्रतिशत बढ्यो

कारोबार भएको सेयर कित्ता संख्यामा त्रुटि

nepal-stock-thursday19-newskarobar

सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार ८ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक समग्र बजार परिसूचक ८.२७ अंकले घटेर १२६०.४७ अंकमा झरेको छ ।

कारोबार रकम भने बढेको छ । बिहीबार १७७ कम्पनीको ६७ करोड रुपैयाँबराबरमा किनबेच भएको हो । यो रकम बुधबारको तुलनामा १२ करोड धेरै हो । बुधबार ५५ करोडको सेयर कारोबार भएको थियो ।

बजार घट्दा पनि तीनवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । सूर्योदय, समिट र स्वाभिमान लघुवित्तको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको हो । सबैभन्दा धेरै कमाउन कम्पनीको सूचीमा ५ वटा लघुवित्त नै छन् । बिहीबार ३८ वटा कम्पनीको मूल्य बढेको छ ।

कारोबार भएको सेयर कित्ता संख्यामा त्रुटि

नेप्सेको वेबसाइटमा कारोबार भएको सेयर संख्यामा भने त्रुटि छ । बिहीबार ८९ लाख ८५ हजार ३५३ कित्ता सेयर किनबेच भएको देखिए पनि यथार्थमा भने धेरै कम कारोबार भएको छ । सबैभन्दा धेरै कित्ता कारोबार भएको सूचीमा रहेको प्रभु बैंकको २ लाख १ हजार ८५७ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी कित्ता किनबेच भएका उच्च १० कम्पनीको जम्मा ९ लाख ८७ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । दसाैं नम्बरमा रहेको एनसीसीको बैंकको ३७ हजार कित्तामात्र कारोबार भएको छ ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु