fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयर बजार बढ्यो

सेयर बजार बढ्यो

nepal-stock-monday-newskarobar

सेयर बजार परिसूचक नेप्से मंगलबार बढेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से मंगलबार झिनो अंकले बढेको हो ।

बैंक, व्यापार, विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचअल फन्ड समूह बढेपछि समग्र बजार परिसूचक  ०.१७ अंकले बढेर १२७५.९८ अंकमा पुगेको छ । मंगलबार १७४ कम्पनीको १५ लाख ९ हजार ८ सय ८५ कित्ता ७ हजार ७ सय १४ पटक किनबेच हँुदा ४८ कारोड ८७ लाख ६ हजार ९८६ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा १३ करोड कम हो । सोमबार ६१ करोड ३४ लाखको सेयर किनबेच भएको थियो ।

मंगलबार ७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा धेरै पाँचथर पावर कम्पनी र खानीखोला हाइड्रपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.४ अंकले बढेको छ ।

प्रकाशित समय १६:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु