fbpx
Nepal Mediciti

गृहपृष्ठ नेप्से घट्दा पनि यी चार कम्पनीको सेयर ९ प्रतिशतले बढ्यो

नेप्से घट्दा पनि यी चार कम्पनीको सेयर ९ प्रतिशतले बढ्यो

nepal-stock-thursday-newskarobar

साताको अन्तिम दिन विहीबार सेयर बजार परिसूचक नेप्से ४.६९ अंकले घटेको छ । घटेको बजारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बिहीबार कारोबारमा आएका १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता सेयर ५८ करोड ८८ लाख २२ हजार ६२५ रुपैयाँमा खरिद–बिक्री भएको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले घटेको छ । कारोबारमा आएको होटल विकास बैंक, वित्त, म्युचल फन्ड र अन्यबाहेकका सबै समूह राताम्मे भएका छन् ।

बुधबारको तुलनामा सेयर कारोबार रकम पनि घटेको छ । बुधबार १७२ कम्पनीको ७१ करोडबराबरको सेयर किनबेच भएको थियो ।

प्रकाशित समय १६:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु