fbpx

गृहपृष्ठ सेयर किनबेचमा लागू भयो प्यान, ५ लाखभन्दा बढीको कारोबारमा अनिवार्य

सेयर किनबेचमा लागू भयो प्यान, ५ लाखभन्दा बढीको कारोबारमा अनिवार्य

शेयर किनबेचमा आइतबारदेखि स्थायी लेखा नम्बर (प्यान) कार्यान्वयनमा आएको छ । सेयर कारोबार भएको बर्षको पहिलो दिन सोमबार प्यान नम्बर राखेर ५६ वटा शेयर कारोबार भएका छन्। ती मध्ये प्यान राखेर सेयर कारोबार गर्ने ४१ जना लगानीकर्ता छन् । प्यान नम्बर राखेर साढे तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेले बैशाख १ देखि ५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच गर्नेलाई प्यान नम्वर अनिवार्य गरेको थियो ।
प्यान अनिवार्य गरेपछि अनलाइन कारोबार गर्दा प्यान इन्ट्री गर्नै पर्छ । प्यान नम्बर नराख्दा सिस्टमले स्वीकार्दैन । सेयर बजारमा कारोबार गर्दै आएका १४ हजार ५३ जना लगानीकर्ताले ब्रोकरलाई आफ्नो प्यान नम्बर उपलब्ध गराएका छन् । नेप्सेका अनुसार शेयरको दोस्रो बजारमा ५ लाख रुपैयाँभन्दा बढीका दैनिक ११० वटा सम्म कारोबार हुने गरेको छ।

प्रकाशित समय २०:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु