गृहपृष्ठ नेप्से १२ सयनजिक, ९० करोडको कारोबार
नेप्से १२ सयनजिक, ९० करोडको कारोबार
सेयर बजार परिसूचक नेप्से लगातारजसो उकालो लाग्न थालेको छ । गत साताभरमा २० अंकले बढेको बजार यो सातो दुई दिनमै २६ अंकले बढेको छ । आइतबार १७ अंकले बढेको बजार सोमबार ९.२३ अंकले उकालो लागेको हो ।
सेयर बजारसँगै कारोबार रकम पनि झन्डै दोब्बर बढेको छ । सोमबार १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता सेयर ९० करोड ६९ लाख रूपैयाँबराबरमा किनबेच भएको छ । यो रकम आइतबारको तुलनामा करिब ३६ करोड धेरै हो । आइतबार ५४ करोडको सेयर कारोबार भएको थियो ।
प्रकाशित समय १८:२१ बजे