गृहपृष्ठ नेप्से ओरालो लाग्दा पनि ३३ कम्पनीका लगानीकर्ताले कमाए

नेप्से ओरालो लाग्दा पनि ३३ कम्पनीका लगानीकर्ताले कमाए

nepal-stock-newskarobar

सेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ । दोहोरो अंकले घटेको बजारमा पनि ३३ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

सबैभन्दा धेरै युनाइटेड फाइनान्सका लगानीकर्ताको सम्पत्ति ९.४६ प्रतिशतले बढेको छ । त्यस्तै, आशा लघुवित्तको ८.७२, वर्ल्ड मर्चेन्ड बैंकिङ एन्ड फाइनान्सको ६.१७,  गुडविल फाइनान्सको ५.२६, एनआईसी एसियाको ग्रोथ फन्डको ४.६, बरूण हाइड्रोको ४.२६ र खानीखोला हाइड्रोपावरको ४.१७ प्रतिशतले बढेको छ ।

nepal-stock-newskarobar

अल्पकालीन लगानीकर्ताले नाफा बुकलाई प्राथमिकतामा राखेपछि नेप्से १३.१६ अंकले घटेको छ । नेप्से ११ सयको न्यूनतम विन्दु छोएर मंगलबारसम्ममा करिब ६३ अंक बढेको थियो ।

बुधबार नेप्सेमा सूचीकृतमध्ये फाइनान्स समूहबाहेकका सबै समूह घटेका छन् । फाइनान्स समूह भने २.७४ अंकले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । बुधबार १७४ कम्पनीको ४२ करोड ८३ लाख रूपैयाँबराबरको १४ लाख ८० हजार ६२ कित्ता सेयर किनबेच भएको छ । यो रकम मंगलबारको तुलनामा करिब १० लाख कम हो । मंगलबार ५२ करोडको सेयर कारोबार भएको थियो ।

प्रकाशित समय १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु