fbpx
Nepal Mediciti

गृहपृष्ठ उद्योगमैत्री नीति बनाउन सुझाव दिनुहोस् : शंकर पोखरेल

उद्योगमैत्री नीति बनाउन सुझाव दिनुहोस् : शंकर पोखरेल

shankar pokhrel-newskarobar

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो वर्षलाई प्रदेश सरकारले कानुन र आवधिक योजना निर्माण वर्षका रुपमा लिएकाले उद्योगमैत्री नीति निर्माणका लागि उद्योगी व्यवसायीसँग सुझाव माग गरेका छन् । रुपन्देही उद्योग संघको ४१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले औद्योगिक सरोकारका विषयमा छलफल गरी नीति र कानुन निर्माणका लागि सुझाव दिन आग्रह गरेका हुन् ।

औद्योगिक क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गर्दा औद्योगिक वातावरण बनाउन सहज र राम्रो हुने भएकाले संविधानले व्यवस्था गरेअनुसार औद्योगिक क्षेत्र प्रदेशलाई छिट्टै हस्तान्तरण हुने विश्वास उनले व्यक्त गरे । संविधान निर्माण र तीन तहको चुनावपछि राजनीतिक संक्रमण अन्त्य भए पनि शासन प्रणालीमा भएको परिवर्तनको संक्रमणको व्यवस्थापन गर्ने काम भइरहेकाले सरकारको कामको नतिजाका लागि अहिल्यै हतार नगर्न आग्रह गरे ।

औद्योगिक विकासका लागि कर्पोरेट कल्चर आवश्यक रहेको र त्यसका लागि यो क्षेत्रमा रुपन्देही उद्योग संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले जमिनको बढ्दो मूल्य औद्योगिक विकासको बाधक रहेको र निश्चित क्षेत्रको जमिनलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न राज्यले पाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार– २०७४ पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरिएको छ ।

प्रकाशित समय २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु