fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ आर्थिक विकासका लागि मार्ग प्रशस्त भयो : अर्थमन्त्री

आर्थिक विकासका लागि मार्ग प्रशस्त भयो : अर्थमन्त्री

sejon-award-newskarobar

अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सम्बन्धमा सुधार आएकाले मुलुकको आर्थिक विकासका लागि मार्ग प्रशस्त भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २१औं स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहमा अर्थमन्त्री खतिवडाले सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताए ।

व्यापार घाटा बढ्नु मुलुकका लागि दुःखद् रहेको भन्दै उनले निर्यात बढाउनेतर्फ पनि सरकारफ उद्योगी र व्यवसायी केन्द्रित हुनुपर्ने प्रस्ट पारे । आर्थिक विकासका लागि केही समय आयात बढाउनुको विकल्प नरहेको उनले बताए । ‘हामीलाई आर्थिक विकास पनि चाहिएको छ, लगानी पनि बढाउनुपरेको छ,’ उनले भने, ‘त्यसका लागि आयात थप भए पनि हाम्रो सोच निर्यात बढाउनेतर्फ क्रियाशील हुनुपर्छ ।’

सरकारले जेठमा लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै उनले विदेशी लगानी भित्र्याउन सरकारले आवश्यक कानुनी प्रबन्धसमेत गर्न लागेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिशकुमार मोरलगायतले सरकार, आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार र उद्योगी व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए ।

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले ‘अर्थनीति’ नामक स्मारिकाको विमोचन गरे । कार्यक्रममा नागरिक दैनिकका पत्रकार रुद्र खड्कालाई सेजन अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित समय २०:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु