fbpx
corona information

गृहपृष्ठ महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा

महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले ग्राहकलाई लक्षित गरी चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित अघि सारेको विशेष योजनाअन्तर्गत बम्बर लक्की ड्रका विजेताको नाम घोषणा गरेको छ । योजनाअन्तर्गत महिन्द्राले ग्राहकलाई खेतीसम्बन्धी लाभदायक योजना पनि उपलब्ध गराएको छ, जसले वर्तमान महामारीको स्थितिमा कृषिक्षेत्रमा योगदान पु‑याएका छन् ।

योजनाअन्तर्गत जीवन बिमा (५ लाख रुपैयाँको दुर्घटना बिमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो । साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) तीन जना भाग्यशाली विजेतालाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।

नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर पारस खड्काले योजनाको एक अंशका रूपमा बुधबार आयोजित ‘लक्की ड्र’ कार्यक्रममार्फत तीन बम्पर पुरस्कार विजेताको घोषणा गरेका छन् ।

भाग्यशाली ड्र विजेताहरूमा धनकुटाका योगराज राई, नेपालगन्जकी निरञ्जना चौधरी र  नेपालगन्जकै रामबहादुर कामी छन् । दसैँतिहार, छठ र विश्वकर्मा पूजाको अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो । यो योजना भदौ ३० गतेदेखि मंसिर १५ गतेसम्म मान्य थियो ।

प्रकाशित समय १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु