गृहपृष्ठ मूल्य वृद्धिदर अचम्मैसँग घट्यो : राष्ट्र बैंक

मूल्य वृद्धिदर अचम्मैसँग घट्यो : राष्ट्र बैंक

NRB_NewsKarobar

बजारमा फलामे डन्डीसहितका निर्माण सामग्री, खानेतेलसहितका उपभोग्य वस्तु अकासिएको बेला देशको केन्द्रीय बैंकले भने मूल्य वृद्धिदर अनुपात मापन गरिने उपभोक्ता मुद्रास्फीति भने घटेको प्रतिवेदन जारी गरेको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनाको उपभोक्ता मुद्रास्फीति दर २.९३ प्रतिशतमात्रै भएको जनाएको छ, यो हालसम्मकै न्यून मुद्रास्फीति हो ।

बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत छ । बैंकले मंसिरमा फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडीको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत भएको जनाएको छ ।

प्रकाशित समय १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु