गृहपृष्ठ दुई दिनमा सुनको मूल्य ७ सय रूपैयाँ बढ्यो
दुई दिनमा सुनको मूल्य ७ सय रूपैयाँ बढ्यो

मंगलबार ६ सय रूपैयाँले वृद्धि भएको सुनको मूल्य बुधबार १ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमा सुन ७ सय रूपैयाँले बढेको हो ।
बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको लागि छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रूपैयाँ तोकिएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित समय ११:२६ बजे