गृहपृष्ठ मंगलबार सुनको मूल्य ६ सय रूपैयाँ बढ्यो

मंगलबार सुनको मूल्य ६ सय रूपैयाँ बढ्यो

gold-price-hike-newskarobar

मंगलबार सुनको मूल्य ६ सय रूपैयाँले वृद्धि भएको छ । दुई दिन लगातर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रूपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु