fbpx
corona information

गृहपृष्ठ ‘मसँग त भिजन छ, अर्काको एजेन्डा बोक्नेले संस्थाको विकास गर्दैन’

‘मसँग त भिजन छ, अर्काको एजेन्डा बोक्नेले संस्थाको विकास गर्दैन’

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेन्ड हुनुपर्ने बताएका छन् । महासंघको जारी साधारण सभाका क्रममा आजको बन्द सत्रमा उनले भने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्वक हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेन्डा हुनुपर्छ, त्यो मसँग छ ।’

आफूले महासंघको नेतृत्वमा आएर आफ्नै भिजन र एजेन्डामार्पmत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वातावरण बनाउन सक्ने उनको भनाइ छ । ‘मसँग आफ्नै भिजन र एजेन्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेन्डा हुन्, जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

उनले महासंघमा हुने विजय या पराजय सफलता र असफलताको द्योतक नभएको बताए । ‘महाधिवेशनपछि पनि हामी टाढा हुने छैनौँ, हाम्रो व्यापार र उद्यमले हामीलाई जोड्ने नै छ,’ उनले भने । राजधानीमा मंसिर ११ गतेबाट सुरु भएको महासंघको ५४औं साधारणसभामा ढकालले आम उद्योगी व्यवसायीको वास्तविक एजेन्डालाई प्राथमिकता नदिएर अरु कसैको आडभरोसामा उम्मेदवारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गरे ।

प्रकाशित समय १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु