fbpx
corona information

गृहपृष्ठ सुनकोसी गाँउपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियत कर्जासम्बन्धी सहमति

सुनकोसी गाँउपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियत कर्जासम्बन्धी सहमति

सुनकोसी गाँउपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच उद्यमशीलताका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनेसम्बन्धी सहमति भएको छ । गाँउपालिका अध्यक्ष दिपा दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार गाँउपालिकाका स्थानीयलाई उद्यमशीलताका लागि बिनाधितो ५ देखि १५ लाखसम्म र धितो राखेर ५ करोड रुपैयाँसम्म बैकले कर्जा प्रवाह गर्नेछ । गाँउपालिकाको सिफारिसमा महिलाले १.७४ प्रतिशत र पुरुषले २.७४ प्रतिशतमा ब्याजदर बुझाउनु पर्नेछ । स्थानीयलाई आयआर्जनको स्रोत विकास गर्न बैंकमार्फत गाँउपालिकाले ऋण उपलब्ध गराउन सहयोग गर्ने अध्यक्ष दाहालले बताइन् ।

‘ऋण लिएर उत्पादन हुने समयसम्मका लागि गाँउपालिकाले जवाफदेही रहनेछ,’ उनले भने, ‘उत्पादन हुन सुरु गरेपछि ऋणीले ऋण तिर्न सुरु गर्नुपर्नेछ ।’ उनका अनुसार ऋण लिएर विपद्मा ज्यान गुमाएका स्थानीयलाई भने गाँउपालिकाले नै ऋण तिर्न सहयोग गर्न पहल गर्नेछ ।

उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने यो कर्जाको प्रमुख उद्देश्य रहेको अध्यक्ष दाहालले बताइन् । ‘कर्जा लिन योग्य सबैले कर्जा पाउँछन् । उद्यमशीलता र स्वरोजगारका लागि नेपालमै सम्भावना छ भन्ने सकारात्मक सोचको प्रर्बद्धन गरी आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्ने यसको उद्देश्य रहेको हो,’ उनले भनिन् ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु