fbpx
corona information

गृहपृष्ठ राजधानीका २१ व्यवसायमाथि अनुगमन, १ लाख २५ हजार जरिवाना

राजधानीका २१ व्यवसायमाथि अनुगमन, १ लाख २५ हजार जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका २१ व्यवसायमाथि अनुगमन गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका मासु, खाद्यान्न किराना, तरकारी फलफूल, तयारी कपडा, छालाजुत्ता, मिनी मार्ट, मिठाईसहितका व्यवसाय अनुगमन गरी ११ हजार ३२५ रूपैयाँबराबरको म्याद गुज्रिएको वस्तु नष्ट गरेको विभागले जनाएको छ ।

विभागले अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायलाई १ लाख २५ हजार जरिवाना पनि गराएको छ । दसैँतिहारलगायतका चाडपर्वको मौका छोपेर हुनसक्ने गैरव्यवसायिक गतिविधिलाई मध्यनगर गर्दै विभागले बजार अनुगमन बढाएको छ ।

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु