fbpx
corona information

गृहपृष्ठ असारभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने

असारभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने

अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार बसेको बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गरिबी निवारण मन्त्रालयले मिलाउने र त्यसका लागि आवश्यक स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने’ निर्णय भएको हो ।

बैठकले गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सम्पन्न गर्न क्रियाकलापसहितको समयबद्ध कार्यतालिका एक हप्ताभित्र गरिबी निवारण मन्त्रालयले तयार पार्नेे निर्णय पनि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिब तथा विपन्न वर्गको तथ्यांक नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेकोे बताए ।

गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षालगायतमा विशेष सहयोग पु-याउने भन्दै गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण ब्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियतलगायतका कार्यक्रमको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गरिब घरपरिवार परिचय पत्रका आधारमा कार्यक्रम सञ्चालन गर्दा स्रोतको सही सदुपयोग हुने र प्रभावकारी परिणाम निस्कने धारणा राखिन् । बैठकले घरपरिवार सर्वेक्षणमा झुटाा वा नक्कली तथ्यांक संकलन र प्रविष्ट हुन नसक्ने विधिसहित त्यस्ता तथ्यांकको सिफारिस गर्ने वा संकलन गर्ने वा प्रविष्टि गर्ने पदाधिकारीउपर कारबाही गर्ने प्रणाली गरिबी निवारण मन्त्रालयले विकास गरी नियमित अनुगमन गर्ने संयन्त्र विकास गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित समय २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु