fbpx
corona information

गृहपृष्ठ बैंकिङ कसुरका फरार अभियुक्त एक वर्षपछि पक्राउ

बैंकिङ कसुरका फरार अभियुक्त एक वर्षपछि पक्राउ

pakrau-arrest-newskarobar

अदालतबाट दुई महिना कैद र एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैंकिङ कसुरसम्बन्धी अभियोगमा पुस १४ मा उच्च अदालत विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईंलाई एक महिना कैद र २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।

प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो । प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानुनी कारबाही अघि बढाइने बताए । झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी दिए । प्रसाईंलाई कार्यालय खुलेपछि अदालतसमक्ष उपस्थित गराइनेछ ।

प्रकाशित समय १८:५७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु