गृहपृष्ठ ‘फोन पे डाइरेक्टसँग, दसैँ धन मौका’ योजना सार्वजनिक

‘फोन पे डाइरेक्टसँग, दसैँ धन मौका’ योजना सार्वजनिक

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले नेपालीहरुको दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत फोन पे डाइरेक्टमार्फत् बैंक तथा वित्तीय संस्थामा बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ ।

घटस्थापनादेखि कार्तिक १४ गते पूर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख रुपैयाँ जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोन पे’ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआरमार्फत् गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्भिस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध छन् ।

प्रकाशित समय १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु