fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ नेपालीको प्रतिव्यक्ति आय १११५ अमेरिकी डलर : आईएमएफ

नेपालीको प्रतिव्यक्ति आय १११५ अमेरिकी डलर : आईएमएफ

IMF WEO 2020_NewsKarobar

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र नै महामन्दीको चरणमा परेको र नेपालको आर्थिक वृद्धिसमेत अडस्फीतिको चरणमा फसेको बेला नेपाली नागरिकहरूको औसत आम्दानी भने बढेको देखिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालीहरूको प्रतिव्यक्ति आय १ हजार ११५ अमेरिकी डलर पुगेको जनाएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ०.००२ प्रतिशतमा स्थिर रहे पनि प्रतिव्यक्ति औसत आय भने ३.५ प्रतिशतले बढेको मुद्रा कोषले जनाएको छ ।

आव ०७५/७६ मा नेपालीहरूको औसत आय १ हजार ७८ अमेरिकी डलरबराबर रहेको मुद्रा कोषले उपलब्ध गराएको नेपालका लागि तथ्यांकीय विवरणमा उल्लेख छ ।

देशको समग्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)लाई जनसंख्याले भाग गरेर औसत प्रतिव्यक्ति आय निकालिन्छ, मुद्रा कोषका अनुसार गत आर्थिक वर्ष २०७६/७७ ( सन् २०२०)मा नेपालको अर्थतन्त्रको कुल आकार ३६ खर्ब ८६ अर्ब रूपैयाँबराबर रह्यो । अघिल्लो वर्ष २०७५/७६ मा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रूपैयाँबराबर थियो ।

नेपाली मुद्रामा भने नेपालीहरूको प्रतिव्यक्ति आय १ लाख २७ हजार ८२७ रूपैयाँ पुगेको मुद्रा कोषले जनाएको छ, जुन अघिल्लो वर्ष १ लाख २१ हजार ७४७ रूपैयाँबराबर थियो ।

क्रयशक्ति क्षमता (पीपीपी)का आधारमा भने नेपालीहरूको आय वृद्धिदर ०.१२ प्रतिशतमात्रै छ, जुन अघिललो वर्ष करिब साढे ७ प्रतिशतले बढेको थियो । अन्तर्राष्ट्रिय क्रयशक्ति क्षमता (पीपीपी) मापनका आधारमा भने नेपालीहरूको प्रतिव्यक्ति आय ३ हजार ५८५ डलरबराबर रहेको मुद्रा कोषले जनाएको छ । यो मापनका आधारमा नेपालले कुल विश्व अर्थतन्त्रको ०.०७९ प्रतिशत हिस्सा ओगटछ ।

‘कोभिड-१९ को झटकाले गर्दा नेपालको वृद्धिदर आर्थिक वर्षका पछिल्ला दुई त्रैमासिक अवधिमा लगातार गिरावट आएको, जसका कारण आर्थिक वर्षको पहिलो छ महिनामा देखिएको वृद्धिका गतिले लिक छाडेको छ,’ मुद्रा कोषको नेपाल मिसन प्रमुख लारा जरामिल्लो मेयरले इमेलमार्फत भनिन्, ‘ आईएमएफ स्टाफको दृष्टिकोणमा आर्थिक वर्ष २०७६/७७ मा नेपालका वृद्धिदर स्थिर रह्यो ।’

प्रकाशित समय १२:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु