गृहपृष्ठ मालपोत कार्यालय हुम्लामा ३० लाख राजस्व संकलन

मालपोत कार्यालय हुम्लामा ३० लाख राजस्व संकलन

मालपोत कार्यालय हुम्लाले आर्थिक वर्ष २०७६/७७ मा ३० लाख रुपैयाँभन्दा धेरै राजस्व संकलन गरेको छ । कार्यालयले गत वर्ष ३० लाख ५ हजार ९८७ रुपैयाँ संकलन गरेको हो ।

कोभिड–१९ का कारण वैशाखमा कार्यालय बन्द हुँदा कुनै पनि प्रकारको राजस्व संकलन भएन । कार्यालयले असोजमा ६७ हजार ६९० रुपैयाँ अर्थात् सबैभन्दा कम र असारमा सबैभन्दा धेरै ४ लाख ८ हजार २० रुपैयाँ राजस्व संकलन गरेको निमित्त कार्यालय प्रमुख रवीन्द्र शाहीले जानकारी दिए । कार्यालयले रजिस्ट्रेसन, रोक्का दस्तुर, पुँजीगत लाभकर, विविधलगायत शीर्षकमा राजस्व संकलन गरेको हो ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु