fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीन­–तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । निर्वाचन मिति टुंगो लगाइए पनि कहाँ गर्ने भन्ने टुंगो लागिनसकेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघ सचिवालयले कुरा गरिरहेको छ, ठूलो र खुला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ,’ उनले भने ।

यसअघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रम काठमाडौँमा गर्न सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारी बैठकले मंसिर ११ र १२ गतेलाई साधारणसभा तथा निर्वाचन मिति सिफारिस गरी सरकारबाट समेत अनुमति लिइसकेको छ ।

सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन र निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्नेसमेतको स्वीकृति रहेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत २८ र २९ गते तोकिएकोमा कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले पूर्णरुपमा लकडाउन गरेपछि अवरुद्ध भएको थियो । पछि जेठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तय गरिए पनि कोभिडको कारण हुन सकेन ।

प्रकाशित समय १९:२६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु