fbpx
corona information

गृहपृष्ठ कोरोनाले थला परे यी दस क्षेत्र

कोरोनाले थला परे यी दस क्षेत्र

Covid Impact_NewsKarobar

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीले असर नपारेको कुनै क्षेत्र छैन । कोरोनाका प्रकोप नफैलियोस् भने २०७६ चैत ११ गतेबाट लगाइएको लकडाउनका कारण आर्थिक सामाजिक जीवनका प्रायः सबै क्षेत्र प्रभावित भएका छन् ।

औपचारिक रूपमा देशका कुन कुन क्षेत्र के कति प्रभावित भए भन्ने विषयमा फरक-फरक अध्ययन सार्वजनिक भइरहेका बेला देशको केन्द्रीय बैंकले यसका कारण असर पारेका क्षेत्रहरूको वर्गीकरण गरेको छ ।

कोरोनाका कारण नेपालको पर्यटन, हवाइ तथा पर्यटकीय यातायात, मनोञ्जन क्षेत्र, रोजगारी गुमेका वा कटौती (लेअफ) मा परेका श्रमिक, कामदार वा कर्मचारीसहित १० क्षेत्रलाई ‘अतिप्रभावित’ का रुपमा नेपाल राष्ट्र बैंकले वर्गीकरण गरेको छ ।

राष्ट्र बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्भाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्नसक्ने असर तथा उद्योग व्यवसायको पुनरुत्थानमा लाग्नेसक्ने समयसमेतको अध्ययनका आधारमा सर्वाधिक प्रभावित क्षेत्रहरुको वर्गीकरण गरिएको जनाएको छ ।

केन्द्रीय बैंकले कोभिड–१९ बाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको साँवा तथा ब्याज रकमको भुक्तानी अवधि बढाउने प्रयोजनका अति प्रभावित, मध्यम प्रभावित तथा न्यून प्रभावित गरी वर्गीकरण गरेको हो ।

कोरोनाले अति प्रभावित क्षेत्रहरू

१.पर्यटन
(क) ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय
पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटन: स्किइङ, ग्लाइडिङ, वाटर र्‍याफ्टिङ, हट एयर व्यालुनिङ, क्यानोइङ,
प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी टे«किङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

२. हवाई तथा पर्यटकीय यातायात;
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस;
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल ;
५. रोजगारी गुमेका वा कटौती (लेअफ) मा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) ;
४. मूलभूत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण;
७. कुखुरापालन व्यवसाय ;
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय;
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ;
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ;

मध्यम प्रभावित क्षेत्र

१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय ;
२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर ;
३. यात्रुवाहक स्थल यातायात ;
४. ब्युटीपार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप ;
५. कानुनी, लेखा, इन्जिनियरिङ लगायतका परामर्श सेवा वा व्यवसाय ;
६. अस्पताल, क्लिनिक, नर्सिंग होम, डायग्नोस्टिक सेन्टर ;
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ;
८. भण्डारण गर्न सकिने वस्तु (खाद्यान्नबाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण ;
९. वन तथा खनिजजन्य उद्योग ;
१०. निर्माण व्यवसाय;
११. औषधि उत्पादन ;
१२. छपाइ, प्रकाशन तथा संचार गृह ;
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय ऊर्जा ;
१४. पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय ;

न्यून प्रभावित क्षेत्र

१. उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना ;
२. अनलाइन (इकमर्स)मा संलग्न व्यवसाय ;
३. खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय ;
४. दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण ;
५. आयातजन्य व्यापार ;
६. पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय ;
७. औषधि बिक्री वितरण ;
८. विज्ञापन सेवा ;
९. इन्टरनेट, दूरसञ्चार सेवा प्रदायक कम्पनी ;
१०. मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय ;
११. ट्रक, ढुवानी व्यवसाय
११. सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय

 

प्रकाशित समय १५:२० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु