fbpx
corona information

गृहपृष्ठ ‘अब देशमै छ रोजगारी’ अभियान सुरु

‘अब देशमै छ रोजगारी’ अभियान सुरु

रोजगारी सर्भिस प्रालि र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्रामको पहलमा ‘अब देशमै छ रोजगारी’ अभियान सुरु भएको छ । राजधानीमा शुक्रबार भएको भर्चुअल कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

प्रवासबाट फर्किएका र फर्किन लागेका, आर्थिक रुपले वञ्चित तथा समाजिक रुपले बहिष्कृत समूहहरुलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको हो । नवीनता, गुणस्तरीय प्रशिक्षण, रोजगारी र उद्यम स्टार्ट अप सेवालाई विस्तार गरी देशमा रोजगारी वृद्धि गर्ने अभियानको लक्ष्य छ ।

अभियानको महत्व औँल्याउँदै मन्त्री खतिवडाले यस्ता अभियानले सरकार, निजी क्षेत्र, नागरिक समाज, स्किलिङ पार्टनर, मिडिया र विकास पार्टनरबीच बलियो सहकार्य निर्माण गर्ने बताए । कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर करिब ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्नु आवश्यक भएको परिप्रेक्ष्यमा यस्ता अभियानको भूमिका महत्वपूर्ण हुने उनको विश्वास छ ।

प्रकाशित समय १९:४७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु