गृहपृष्ठ सनराइज बैंक र हङकङस्थित एटी सर्भिसबीच सम्झौता
सनराइज बैंक र हङकङस्थित एटी सर्भिसबीच सम्झौता

सनराइज बैंक लिमिटेड र हङकङस्थित एएटी सर्भिसमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार हङकङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको बताइको बताइको छ ।
यसरी एटी सर्भिसमार्फत पैसा पठाउदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्थासमेत गरेको छ । एटी सर्भिसमार्पmत हङकङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ ।
साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।
प्रकाशित समय १५:३९ बजे