fbpx
corona information

गृहपृष्ठ निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम ७ अर्ब

निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम ७ अर्ब

सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम सात अर्ब रूपैयाँ पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो ।

यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । कोभिड- १९ रोकथाम र नियन्त्रणका लागि जारी लकडाउन कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन ।

आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आवको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ । निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उनले बताए । ‘काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ,’ उनले भने ।

विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि बिल आइसक्ने उपमहानिर्देशक सापकोटाले बताए । ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ,’ उनले भने, ‘अर्थ मन्त्रालय पनि यसमा गम्भीर छ, छिट्टै विनियोजन हुने हाम्रो विश्वास छ ।’

प्रकाशित समय १८:१५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु