fbpx
corona information

गृहपृष्ठ सांसदलाई बाँड्ने बजेटमा २ करोड कटौती

सांसदलाई बाँड्ने बजेटमा २ करोड कटौती

सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका नाममा निर्वाचित सांसदलाई जनही बाँड्दै आएको रकममा कटौती गरेको छ । सांसदलाई बाँडिएको पैसा खर्च हुन नसकेको, भ्रष्टाचार भएको तथा सांसदलाई पैसा बाँड्दा ठूला परियोजनाका लागि बजेट अभाव हुने जस्ता कारणले सर्वत्र विरोध भइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवबाट जनही बाँड्दै आएको रकममा २ करोडले कटौती गरेका हुन् ।

सरकारले संघीय प्रत्यक्ष सांसदका लागि चालू आवमा जनही ६ करोडका दरले बजेट छुट्याउँदा ९ अर्ब ९० करोड रुपैयाँ छरिएको छ । त्यसलाई घटाएर ६ अर्ब ६० करोडमा झारेको हो । संघको सिको गर्दै चालू आवका लागि प्रदेश १ ले १ अर्ब ८८ करोड, प्रदेश २ ले २ अर्ब ३५ करोड, बागमती प्रदेशले १ अर्ब ९८ करोड, गण्डकी प्रदेशले ७२ करोड, प्रदेश ५ ले १ अर्ब, कर्णाली प्रदेशले ३ अर्ब ६० करोड र सुदूरपश्चिम प्रदेशले ९६ करोड रुपैयाँ सांसदका लागि विनियोजन गरेका छन् । सांसदको निहीत स्वार्थका कारण चालू आवमा २२ अर्ब ३९ करोड रुपैयाँ कनिका छरेजस्तै छरिएको थियो, जुन संघीयताको मर्म र भावनाविपरीत छ ।

नयाँ संविधानअनुसार तीन तहका सरकार गठन भएपछि पनि यो चलन रोकिन सकेको छैन । केन्द्र सरकारले नै संघीयताको मर्मविपरीत सांसदलाई बजेट बाँडेपछि प्रदेश सरकार सोही अभ्यासमा अघि बढ्न थालेको हो ।

(यसअघि भूलबस गलत समाचार सम्प्रेषण हुन गएकोमा क्षमाप्रार्थी छाैँ । – सम्पादक)

प्रकाशित समय १८:२२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु