fbpx
corona information

गृहपृष्ठ भौतिक पूर्वाधारतर्फको बजेट घट्यो

भौतिक पूर्वाधारतर्फको बजेट घट्यो

फाइल तस्बिर

सरकारले भौतिक पूर्वाधारतर्फको बजेट घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ खर्ब ३८ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।

यो चालू वर्षको भन्दा करिब २५ अर्ब कम हो । चालू आवका लागि अर्थमन्त्री खतिवडाले नै भौतिक पूर्वाधारतर्फ १ खर्ब ६३ अर्ब ५२ करोड बजेट विनियोजन गरेका थिए । भौतिक पूर्वाधारतर्फको बजेट खर्च नहुने समस्या विगतदेखि नै छ । तर, सरकारले बजेट खर्च गर्ने क्षमता बढाउनुभन्दा पनि बजेट घटाउनु गलत भएको अर्थविद्हरूले बताएका छन् ।

प्रकाशित समय १८:०१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु